"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र

नयाँ बानेश्वर, काठमाडौ

परिचय

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र सहकारी सम्बन्धी शिक्षा, तालिम अध्ययन र अनुसन्धानमूलक क्रियाकलापहरु मार्फत देशमा सहकारी आन्दोलनलाई अगाडि बढाउने मूलभूत उद्देश्यका साथ सञ्चालनमा रहेको छ । यसले खासगरी सहकारी संघ संस्थाका सञ्चालक, पदाधिकारीहरुका अतिरिक्त सहकारी क्षेत्रको नियमन गर्ने नियमनकारी निकायहरुमा कार्यरत कर्मचारीहरुलाई विविध विषयका प्रशिक्षणहरु प्रदान गर्दैआएको छ । वि.सं. २०१९ सालमा सहकारी प्रशिक्षण केन्द्रको रुपमा स्थापना भएको यो निकायलाई देश संघीय संरचनामा गएपछि संघमा रहने गरी नेपाल सरकारले वि।सं। २०७४ सालमा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको रुपमा परिणत गरेको छ । काठमाण्डौको  नयाँ बानेश्वरमा २१ रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रमा पुरुष तथा महिला छात्रावास, चमेनागृह, प्रशिक्षण कक्षहरुका अलावा पुस्तकालय एवं प्रशिक्षक आवास समेत रहेका छन । स्थापना कालदेखि हालसम्म यस केन्द्रले नेपाल सरकारबाट स्वीकृत वार्षिक कार्यक्रमको परिधी भित्र रही आफ्ना क्रियाकलापहरु सम्पादन गर्दै आईरहेको छ । यस क्रममा केन्द्रले करिव २० हजार जनशक्तिलाई प्रशिक्षण सेवा प्रदान गरिसकेको छ ।

परिकल्पना (Vision)

  • देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माणुु रहेको छ ।

ध्येय (Mission)

  • सहकारी शिक्षा, तालिम र अनुसन्धानमूलक क्रियाकलापहरुलाई आधुनिक एवं वैज्ञानिक बनाउदै सहकारी क्षेत्रमा आवद्ध जनशक्तिको व्यवस्थापकीय क्षमतामा गूणस्तरीय परिवर्तनको सुनिश्चितता ल्याउने ।

ताजा जानकारी


सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी आधारभत तालिम

पुरा पढ्नुहोस्

१० कार्यदिने सहकारी लेखा तथा वित्तिय व्यवस्थापन सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

४ कार्यदिने कोपोमिस सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

पुरा पढ्नुहोस्

१५ कार्यदिने सहकारी नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

तालिममा सहभागी गराइदिने सम्बन्धमा ।

पुरा पढ्नुहोस्