"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

Work Division

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका कार्यहरु

  1. संघ, प्रदेश तथा स्थानीय तहमा सहकारी नियमनका संलग्न कर्मचारीहरुको लागि प्रशिक्षणका कार्यक्रम तर्जुमा गरी संचालन गर्ने।
  2. विभिन्न संघसंस्था तथा निकायहरुबाट संचालन हुने सहकारी शैक्षिक क्रियाकलापको प्रमाणी करणमा आवश्यक सहयोग पुर्याउने।
  3. विद्यालय तथा विश्वविद्यालय तहमा संचालन हुने सहकारी शैक्षिक कार्यक्रममा सहयोग पुर्याउने।
  4. स्थानीय तह तथा प्रदेश सरकार बाट संचालन हुने सहकारी शिक्षा तथा प्रशिक्षणका कार्यक्रमहरुमा सहयोग पुर्याउने।
  5. सहकारी प्रशिक्षणको स्तरोन्नतिका लागि आवश्यक अनुसन्धान तथा व्यवस्थापन परामर्शका कार्यहरु गर्ने।
  6. सहकारिता प्रवद्र्धन तथा विकासको लागि उपयुक्त तालिम नीति तथा कार्यक्रमको तर्जुमा गर्ने|
  7. आवधिक योजना र क्षेत्रगत नीति, रणनीति तथा लक्ष्यहरूको परिधि भित्र रहेर केन्द्रीय एवं क्षेत्रीय स्तरमा सहकारी प्रशिक्षणको वार्षिक कार्यक्रमहरू तर्जुमा गर्ने।
  8. सहकारी प्रशिक्षण कार्यक्रमहरू लाई मागमा आधारित एवं उपलब्धि मूलक तुल्याउन पाठ्यक्रम तथा प्रशिक्षण विधिहरूको परिमार्जन  गर्ने गराउने।
  9. स्वीकृत कार्यक्रम बमोजिमका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरी गराई नियमित रूपमा अनुगमन गर्ने।
  10. सहकारी सम्बद्ध संघ संस्थाहरूसँगको साझेदारीमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने गराउने।
  11. प्रशिक्षण सम्बन्धी आवधिक प्रतिवेदनहरू तयार गर्ने, गराउने।
  12. प्रचलित कानुन र प्रत्यायोजित अख्तियारी बमोजिम प्रशिक्षण केन्द्रको कर्मचारी प्रशासन, आर्थिक प्रशासन र आन्तरिक प्रशासन सम्बन्धी  कार्यहरू गर्ने।
  13. तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने गराउने।

क) प्रशासन तथा तालिम व्यवस्थापन शाखा

  1. केन्द्रको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्यहरू,
  2. तोकिए अनुसारको विषयमा प्रशिक्षण सञ्चालन,
  3. केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र र अन्तर्गतमा कार्यरत अधिकृत तथा कर्मचारीहरूको वैयक्तिक विवरण सहितको अभिलेख,
  4. केन्द्रको मौजुदा सम्पत्ति व्यवस्थापन, खरिद व्यवस्था र सुरक्षा लगायतका कार्यहरू।
  5. पुस्तकालय व्यवस्थापन।
  6. छात्र वास व्यवस्थापन
  7. सहकारिता प्रवर्द्धन तथा विकासको लागि उपयुक्त तालिम नीति तथा कार्यक्रमको तर्जुमा,
  8. आवधिक योजना र कार्यक्रम तर्जुमा,
  9. सहकारी प्रशिक्षण कार्यक्रमहरू लाई मागमा आधारित एवं उपलब्धिमूलक तुल्याउन प्रशिक्षण विधिहरूको परिमार्जन,
  10. सहकारी सम्बद्ध संघसंस्थाहरू सँगको साझेदारीमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन,
  11. प्रशिक्षण सम्बन्धी आवधिक प्रतिवेदनहरू तयार,
  12. प्रचलित कानुन र प्रत्यायोजित अख्तियारी बमोजिम प्रशिक्षण केन्द्रको कर्मचारी प्रशासन, आर्थिक प्रशासन र आन्तरिक प्रशासन सम्बन्धी कार्यहरू,
  13. मातहतका अधिकृत तथा कर्मचारीहरूको कार्य सम्पादन सुपरिवेक्षण तथा मूल्यांकन।

ख) अध्ययन, अनुसन्धान तथा परामर्श शाखा

  1. प्रशिक्षार्थीहरूले हासिल गरेको ज्ञान तथा सीपको अनुगमन,
  2. प्रशिक्षणको माग र आवश्यकता सम्बन्धी अध्ययन, अनुसन्धान तथा विश्लेषण,
  3. प्रशिक्षण कार्यक्रमहरूको लागि पाठ्यक्रमहरूको विकास,
  4. प्रशिक्षण सम्बन्धी वार्षिक कार्यक्रम तयार,
  5. विभिन्न संघ संस्था तथा निकायहरुबाट संचालन हुने सहकारी शैक्षिक क्रियाकलापको प्रमाणीकरणमा आवश्यक सहयोग
  6. विद्यालय तथा विश्वविद्यालय तहमा संचालन हुने सहकारी शैक्षिक कार्यक्रममा सहयोग,
  7. स्थानीय तह तथा प्रदेश सरकारबाट संचालन हुने सहकारी शिक्षा तथा प्रशिक्षणका कार्यक्रमहरुमा सहयोग,
  8. सहकारी प्रशिक्षणको स्तरोन्नतिका लागि आवश्यक अनुसन्धान तथा व्यवस्थापन परामर्शका कार्यहरु,

Recent Activities

26 June
2025

4 Days Training on cooperative Management

Read More
22 May
2025

10 days training on Co-Operative Account

Read More
22 May
2025

4 days training on COPOMIS

Read More
16 Apr
2025

Notice regarding providing articles on cooperatives

Read More
11 Apr
2025

15 days training on cooperative leadership and institutional development

Read More
27 Oct
2024

About TOT Training

Read More