कार्य विवरण

  • मातहतका अधिकृत तथा कर्मचारीहरूको कार्य सम्पादन सुपरिवेक्षण तथा मूल्यांकन।
  • प्रचलित कानुन र प्रत्यायोजित अख्तियारी बमोजिम प्रशिक्षण केन्द्रको कर्मचारी प्रशासन, आर्थिक प्रशासन र आन्तरिक प्रशासन सम्बन्धी कार्यहरू,
  • प्रशिक्षण सम्बन्धी आवधिक प्रतिवेदनहरू तयार,
  • सहकारी सम्बद्ध संघसंस्थाहरूसँगको साझेदारीमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन,
  • सहकारी प्रशिक्षण कार्यक्रमहरू लाई मागमा आधारित एवं उपलब्धिमूलक तुल्याउन प्रशिक्षण विधिहरूको परिमार्जन,
  • आवधिक योजना र कार्यक्रम तर्जुमा,
  • सहकारिता प्रवर्द्धन तथा विकासको लागि उपयुक्त तालिम नीति तथा कार्यक्रमको तर्जुमा,
  • छात्र वास व्यवस्थापन
  • पुस्तकालय व्यवस्थापन।
  • केन्द्रको मौजुदा सम्पत्ति व्यवस्थापन, खरिद व्यवस्था र सुरक्षा लगायतका कार्यहरू।
  • केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र र अन्तर्गतमा कार्यरत अधिकृत तथा कर्मचारीहरूको वैयक्तिक विवरण सहितको अभिलेख,
  • तोकिए अनुसारको विषयमा प्रशिक्षण सञ्चालन,
  • केन्द्रको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्यहरू,

कर्मचारी दरबन्दी

  • सहकारी प्रशिक्षक
  • नायब सुब्बा
  • लेखापाल
  • कम्प्युटर अपरेटर
  • खरिदार
  • ह.स.चा
  • कार्यालय सहयोगी