सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

यस सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सहकारी क्षेत्रमा देखिएका विषयवस्तुसँग सम्बन्धित रहेर लेख रचनाहरु समेटी वार्षिक रुपमा सहकारी पुञ्ज प्रकाशन गर्ने कार्य गर्दै आएको छ ।

यस आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुरुप सहकारी क्षेत्रमा देखिएका समस्याहरु, उठेका सवालहरु र सोको समाधानका उपायहरुसँग सम्वद्ध लेखरचनाहरू समावेश गरी सहकारी पुञ्ज, अंक-१६ प्रकाशन गर्नु पर्ने हुदाँ सो सम्बन्धी लेखरचनाहरु मिति २०८३ बैशाख महिनाको दोस्रो हप्ताभित्र यस केन्द्रको इमेल Info@ctrc.gov.np मा उपलब्ध गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।